काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता फेरिएका छन् । यसअघि प्रवक्ता रहेका मनोज नेउपाने महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सरुवा भएपछि प्रवक्ताको जिम्मवारी एसएसपी शैलेश थापा क्षेत्रीलाई दिइएको हो ।


ADVERTISEMENT


अब उनले नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #