कैलाली– प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले लगानीकर्ताको सुरक्षाको सुनिश्चित गर्ने कुरामा प्रदेश सरकार नीतिगतरुपमा अगाडि बढेको बताएका छन् ।


ADVERTISEMENT


आज धनगढीमा आयोजित गण्डकी विकास बैंकको ५९ शाखाको समुद्घाटन समारोहमा मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समग्र विकासका लागि लगानीकर्तालाई प्रोत्साहनसहितको लगानीको व्यवस्थाका लागि प्रदेश सरकार तयार रहेको र कार्यक्रम सञ्चालन गर्न खोजी रहेको स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री भट्टले आव २०७४/७५ को आंशिक बजेटमा बैंकको हकमा सबैले पूँजीलाई जम्मा गर्नका लागि एक व्यक्ति एक खाता सिद्धान्तका रुपमा प्रदेश नं ७ मा बैंकहरुलाई भित्र्याउने र बैंकहरुले प्रदेशको समग्र विकासमा गर्नुपर्ने कामको बारेमा प्रष्टता गर्नाका साथै आम समुदायले पनि पूँजी बचत गर्ने बानी बसाल्नुपर्छ भनेर शुरुवात गरिएको बताए ।

उनले उद्घाटन समारोहमा ब्याङ्कर र बैंक निर्माताले दुर्गम भेगका जनतालाई नजिकबाट सेवा प्रदान गर्नका लागि त्यस्ता ठाउँमा पुग्ने प्रयास गरी योजना बनाउनु पर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रममा गण्डकी विकास बैंक सञ्चालन समितिका अध्यक्ष जगनबहादुर गुरुङले विकास बैंकमध्येको उत्कृष्ट बैंक गण्डकी विकास बैंकको शाखा धनगढीमा पनि सञ्चालनमा आएकाले यसको सेवा उपभोग गरेर धनगढीवासीलाई लाभान्वित भइदिन अनुरोध गरे ।

नेपालका विकास बैंकमध्ये सबैभन्दा बढी चुक्ता पूँजी रहेको गण्डकी विकास बैंकको चुक्ता पूँजी रु दुई अर्ब ७५ करोड रहेको छ भने नेपालभरिमा ५९ वटा शाखा विस्तार भइसकेको जनाइएको छ ।

रु २० अर्ब ४३ करोड भुक्तानी रहेको उक्त बैंकको १८ वटा शाखा निकट भविष्यमै विस्तारका क्रममा रहेका छन् ।