काठमाडौँ– सरकारले सगरमाथा र अन्य उच्च हिमशिखर एवं आसपासमा क्षेत्रको सफाइमा विशेष ध्यान दिने र ती क्षेत्रमा फोहोरजन्य क्रियाकलाप गर्नेलाई दण्डित गर्ने जनाएको छ ।


ADVERTISEMENT


सरकारले आज आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वच्छ पानीको स्रोतका रुपमा रहेका हिमाल तथा हिमतालको संरक्षण गर्ने तथा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम सञ्चालन गरिने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै जैविक विविधता र वातावरणको संरक्षण एवं व्यवस्थापन, भूक्षय नियन्त्रण र नदी मुहान तथा किनारा संरक्षण गरिने उल्लेख गरिन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाइने तथा पहाडी भूभाग र चुरे क्षेत्रका ताल एवं पोखरी निर्माण गरी वर्षात्को पानी संकलन गर्ने व्यवस्था मिलाइने नीतिमा जनाइएको छ । त्यस्तै वन व्यवस्थापनलाई वैज्ञानिक बनाइने, उच्च मूल्यका स्थानीय वातावरण अनुकूलनका वन, फलफूल जडीबुटी तथा कृषिजन्य वन पैदावारको खेती विस्तार, मूल्य अभिवृद्धि र बजारीकरणलाई प्रोत्साहन गर्ने नीति सरकारले प्रस्तुत गरेको छ ।

सरकारी निजी, सहकारी र सामुदायिक साझेदारीमा वन पैदावारमा आधारित उद्योग स्थापना तथा मुख्य शहरलाई हरित् शहरका रुपमा विकास गरिने वर्तमान सरकारको नीति तथा कार्यक्रम छ ।

यी पनि पढ्नुस् : 

– तीन वर्षभित्र धरहरा, काष्ठमाण्डप र रानी पोखरीको पुर्ननिर्माण सम्पन्न गरिने

– विदेश जाने बाध्यता अन्त्यका लागि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु गरिने

– सबै नेपालीको बैँक खाता र स्वास्थ्य वीमा, सबै क्षेत्रको भुक्तानी बैँकबाटै

– सरकारको नीति तथा कार्यक्रम: १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन

– १० वर्षभित्र मध्यमस्तरको आय भएको देशमा स्तरोन्नति गरिने

– राष्ट्रिय हित प्रवद्र्धनः विदेश नीतिको लक्ष्य