काठमाडौँ – सरकारले महत्वपूर्ण राष्ट्रिय राजमार्गलाई द्रुतमार्गका रुपमा स्थापित गर्ने भएको छ ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/२०७६ को नीतिरिन् ।


ADVERTISEMENT

# # #


पाँच वर्षभित्र काठमाडौँ–निजगढ द्रुतमार्ग, मध्यपहाडी(पुष्पलाल) लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण सम्पन्न गरिने छ । चुरे तथा भित्रीमधेशका उपत्यकालाई आर्थिक तथा औद्योगिक कोरिडोरका रुपमा विकास गर्न पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेल्धुराको रुपालसम्म मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिइने उल्लेख छ ।

पाँच वर्षभित्र स्थानीय तहका केन्द्रलाई कालोपत्र सडकले जोडिने छ । सरकारले नदी किनारमा सडक निर्माण गर्ने नीति पनि लिनेछ । मेची–महाकाली, काठमाडौँ–वीरगञ्ज, रसुवागढी– काठमाडौँ–पोखरा–लुम्बिनीसम्मको रेलमार्ग निर्माण अघि बढाइने भएको छ । कोशी, गण्डकी र कर्णाली नदीमा जल यातायात सञ्चालन गर्न कानूनी, नीतिगत र संस्थागत व्यवस्था गरिने भएको छ ।

पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारीलाई प्रोत्साहन गर्ने नीति सरकारको रहनेछ । पूर्वाधार विकासका लागि सार्वजनिक खरिद, जग्गाप्राप्ति, वन क्षेत्रको प्रयोग र वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी नीति, कानून र प्रक्रियालाई सरल बनाइने नीतिमा उल्लेख छ ।

यी पनि पढ्नुस् : 

–  तीन वर्षभित्र धरहरा, काष्ठमाण्डप र रानी पोखरीको पुर्ननिर्माण सम्पन्न गरिने

– विदेश जाने बाध्यता अन्त्यका लागि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु गरिने

– सबै नेपालीको बैँक खाता र स्वास्थ्य वीमा, सबै क्षेत्रको भुक्तानी बैँकबाटै

– सरकारको नीति तथा कार्यक्रम: १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन

– १० वर्षभित्र मध्यमस्तरको आय भएको देशमा स्तरोन्नति गरिने

– राष्ट्रिय हित प्रवद्र्धनः विदेश नीतिको लक्ष्य

– हिमशिखर क्षेत्रमा फोहोर गर्नेलाई दण्डित गरिने

– एक वर्षमा निजी आवास पुनःनिर्माणको लक्ष्य