सल्लेरी, सोलुखुम्बु– सगरमाथा आरोहणका क्रममा एक जापानी नोबुकाजु कुरीकीको मृत्यु भएको छ ।


ADVERTISEMENT


सगरथामाथा आरोहणका क्रममा शिविर ३ पुगेर फर्कने क्रममा आइतबार राति समूहका पथप्रदर्शकसँग सम्पर्कविहीन ३६ वर्षीय कुरीकीलाई खोज्ने क्रममा आज बिहान मृतावस्थामा भेटिएको प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए कुरीकी गत चैत २० गते बोचीबोची ट्रेक एक्सपिडिसन कम्पनी लाजिम्पाटमार्फत सगरमाथा आरोहणका लागि उनी लुक्ला आएका थिए ।


ADVERTISEMENT

# # #


उनीसहित आरोहणका लागि पाँच जनासँगै सगरमाथा आधार शिविर आएका थिए ।

यसैबीच सगरमाथा आरोहणकै क्रममा मेसोडोनियाका बैसठ्ठी वर्षीय जेओर्जी पेटकोभको आइतबार अपराह्न १ः४५ बजे सगरमाथाको शिविर ३ देखि चार सय मिटरमाथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौध जनाको समूहमा गत चैत १३ गते उनी गाइड ट्रेकिङ एजेन्सी विशालनगर काठमाडौँबाट सगरमाथा क्षेत्र आएका थिए । उनको शब आजै हेलिकम्पटरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।