भुवन बहादुर सिंह/बझाङ– नेपाल अंग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) बझाङको दोस्रो अधिवेशन आईतबार सम्पन्न भएको छ । अधिवेशनले शिक्षक लालबहादुर बोहराको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन गरेको छ ।


ADVERTISEMENT


अंग्रेजी भाषा शिक्षणको गुणात्मक विकासमा क्रियाशिल यस संगठनको अधिवेशनले उपाध्यक्षमा लोकेन्द्र सिंह, सचिवमा कृण्ण रावल, सहसचिवमा गौरी शंकर जोशी र कोषाध्यक्षमा शान्ती सिंहलाई निर्बिरोध निर्वा्चित गरेको निवर्तमान अध्यक्ष लक्ष्मण उपाध्यायले बताए अग्रेजी विषय शिक्षण गर्ने जिल्ला भरका ३ सय बढी शिक्षक आबद्ध यस संगठनले विगतमा भाषा शिक्षणको गुणस्तर सुधारका लागि तालिमहरु संचालन गर्ने, जर्नलहरु प्रकाशित गर्ने लगायतका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


                            सामुहिक तस्विर खिचाउदै नव निर्वा्चित कार्यसमितिका पदाधिकारीहरु । तस्विर: भुवन बहादुर सिंह ।

विगतको कामको निरन्तरता सँगै आफ्नो कार्यकालमा थप सिर्ज्शिल काम गर्ने नवनिर्वा्चित अध्यक्ष लालबहादुर बोहराले बताए । अंग्रेजी भाषा शिक्षकहरुको पेशागत दक्षताको अभिबृद्धी गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताउदै बोहराले भने ‘शिक्षकको क्षमता अभिबृद्धी भयो भने मात्र सधै अंग्रेजीमा कमजोर हुने बझाङ जिल्लाका विद्यार्थीको सिकाई उपलब्धी बृद्धी हुन सक्छ । यस तर्फ हाम्रो कार्यसमितिले विषेश जोड दिने छ’ उनले यसबाहेक अंग्रेजी भाषा शिक्षकहरुको पेशागत हकहितको लागी पनि विभिन्न कार्यक्रम संचालन गर्ने गरी कार्ययोजना निर्माण गरिने बताए ।

बझाङ जिल्लामा माध्यमिक शिक्षा परिक्षामा अनुर्तिण हुने करिब ९५ प्रतिशत विद्यार्थीको अंग्रेजी विषयमा नै फेल हुने गरेको जिल्ला शिक्षा कार्यालयको तथ्याङक छ । अंग्रेजी भाषा शिक्षण सिकाई प्रभावकारी बनाउनका लागिको लागी सरकारले विभिन्न कार्यक्रम संचालन गर्ने गरेको भए पनि लगानीको तुलनामा उपलब्धी न्युन देखिने गरेको छ ।