काठमाडौं–सरकारको नीति तथा कार्यक्रमलाई प्रमुख विपक्षी नेपाली कांग्रेसले टिप्पणी गरिरहनु नपर्ने निबन्धको संज्ञा दिएको छ । राम्रा र मीठा कार्यक्रम अघि सारिए पनि कार्यन्वयनको योजना नभएको टिप्प्णी कांग्रेस नेताहरुले गरेका छन् ।


ADVERTISEMENT


नीति तथा कार्यक्रम सुनिएर बाहिरिदै गर्दा प्रमुख विपक्षी नेता तथा कांग्रेस सभापति शेरवहादुर देउवाले टिप्पणी गर्नुपर्ने केही नरहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रम स्पष्टिकरण जस्तो लागेको प्रतिक्रिया दिए ।


ADVERTISEMENT

# # #


कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नीति तथा कार्यक्रम सुन्दा राम्रो रहेको र नयाँ योजनाहरु ल्याइएको बताए । तर कार्यान्वयनको पक्ष आएको र बजेट प्रस्तुत नभई केही भन्न नसकिने प्रतिक्रिया गच्छदारले दिए । कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने नीति तथा कार्यक्रमलाई मिठो निबन्धनको संज्ञा दिए ।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको प्रतिक्रिया दिए । ५ वर्षमा प्रतिव्यक्ति आय दोब्बर पार्ने र १० वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने भन्ने कुरा विरोधभासपूर्ण रहेको बताए ।

भट्टराईले संविधान संशोधन गरेर देशभित्रका असन्तुष्टि सम्बोधन गर्ने कुरा नीति तथा कार्यक्रममा आइदिएको भए राम्रो हुने बताए । उनले यो विषय जानी जानी छुटाइएको हो वा बिर्सिएको भन्ने प्रश्न गरे ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नीति तथा कार्यक्रममा राम्रा योजना आएको बताए । यसको कार्यन्वयनको पक्ष नहेरी अहिलेनै केही भन्न नसकिने उनले बताए । संविधान संशोधनको कुरा नआउँदा आफूहरुलाई खल्लो लागेको महतोले प्रतिक्रिया दिए ।