पोखरा– नेकपा (एमाले) केन्द्रीय सल्लाहकार कमिटीका उपाध्यक्ष एवम् पूर्वमन्त्री खगराज अधिकारीले स्थानीय अधिकार कटौती हुने गरी आएको संविधान संशोधन विधेयक स्वीकार्न नसकिने बताएका छन् ।


ADVERTISEMENT


एमाले रुपा गाउँपालिका–२ (थुम्की) मा मतदाताको घरदैलो कार्यक्रमपश्चात् रामबजारमा आइतबार आयोजित कोणसभामा बोल्दै उनले मुलुक र जनताको संवैधानिक अधिकारको रक्षाका लागि एमाले निरन्तर लाग्ने बताए । नेकपा (एमाले) रुपा गाउँपालिका प्रमुखका उम्मेदवार नवराज ओझाले गाउँपालिकामा रहेका प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गर्दै विकास र समृद्धिका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरे।


ADVERTISEMENT

# # #


मतदाता शिक्षासहितको सो वडाको पानीबन्डा, डाँडापारि, तल्लोथर, सिर्कुतान, माझकोट, पेलुङगा, मूलपधेराका स्थानमा भएको घरदैलो कार्यक्रममा गाउँपालिका उपप्रमुखका उम्मेदवार लाल सुब्बा गुरुङलगायतका उम्मेदवार सहभागी थिए ।