दमक(रासस)–पूर्व-पश्चिम राजमार्गमा पर्ने झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ ।


ADVERTISEMENT


राति साढे ११ बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको को ३३ प १९५१ नम्बरको मोटरसाइकलमा सवार दुवैको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल बाटोछेउमा रोकी राखेको मे १ त ४२२८ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी–८ का ३१ वर्षीय राजु लिम्बू र पछाडि सवार मोरङ, पथरीशनिश्चरेकी २५ वर्षीया विमला लिम्बूको ज्यान गएको हो ।


ADVERTISEMENT

# # #


दुर्घटनामा गम्भीर घाइते दुवैजनाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ । दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।