विराटनगर – विराटनगर महानगरपालिका-१३ स्थित थापानिवास टोलमा भारतले १० वर्षदेखि अवैध रूपमा सञ्चालन गरिरहेको फिल्ड कार्यालय हटाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


कोसीमा बाढी आएपछि व्यापारिक समस्या हल गर्न भन्दै खोलेको कार्यालय हटाउन यसअघि नेपालले पटक-पटक गरेको आग्रह भारतले बेवास्ता गर्दै आएको थियो ।


ADVERTISEMENT

# # #


भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा कार्यालय हटाउने निर्णय भएको जनाएको छ । उद्देश्य पूरा भइसकेकाले कार्यालय हटाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार भारतीय प्रधामन्त्री मोदीले २८ र २९ वैशाखमा नेपालको भ्रमण गरिसकेपछि फिल्ड कार्यालयको उद्देश्य पूरा भइसकेकाले हटाउन निर्देशन दिएका थिए । – आजको नयाँ पत्रिकाबाट