काठमाडौँ– यसअघि कमल थापाले सम्हालेको स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सरकारमा सहभागी भएका छन् । गच्छदारले आजै सपथग्रहण गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT


पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आज बसेको केन्द्रीय सम्पादन समिति र संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् ।यसको साथै पार्टीले संस्कृति तथा पर्यटन मन्त्रालय र भूमिसुधार मन्त्रालय पनि पाउने भएको छ ।


ADVERTISEMENT

# # #


यसमा को जाने भन्ने टुंगो लागेको छैन । तीनवटै मन्त्रालय यसअघि राप्रपाले पाएको थियो । तर, महाभियोग प्रकरणमा असन्तुष्टि जनाउँदै राप्रपाले सरकारबाट राजीनामा दिएको थियो । गच्छदारको सपथग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा साढे ५ बजेको लागि तय गरिएको छ ।