काठमाडौं– सरकारको आर्थिक वर्ष २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा बुधबारबाट छलफल हुँदैछ । त्यसका लागि प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाईएको छ ।


ADVERTISEMENT


आजको बैठकमा सांसदहरुले सरकारले सर्वजनिक गरेको बार्षिक नीति तथा कार्यक्रममाथि आफूलाई लागेका धारणा संसदमा राख्नेछन् । यो छलफलमा सत्तापक्षले कार्यक्रमको बचाउ गर्ने तयारी गरेका छन् भने प्रतिपक्षी सांसदहरुले नीति तथा कार्यक्रममाथि आलोचना गर्ने रणनीति बनाएका छन् । यसका लागि दुवै पक्ष तयारीका साथ आजको प्रतिनिधि सभा बैठकमा सहभागि हुदैछन् ।


ADVERTISEMENT

# # #


बुधबारको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेरवहादुर देउवा र डा मिनेन्द्र रिजालले धारणा राख्ने तयारी गरेका छन् । काँग्रेस सांसद रिजालले नीति तथा कार्यक्रममाथिको छलफलमा आजको बैठकमा संसदीय दलका नेता शेरबहादुर देउवा लगायतले स्पष्ट धारणा राख्ने बताए ।

काँग्रेसले सरकारको नीति तथा कार्यक्रम बाम गठबन्धनको चुनावी घोषणापत्रको पुलिन्दा भन्दै ५ बर्षे योजना राखेर कार्यक्रम सार्वजनिक गरिएकोमा असन्तुष्टि जनाएको छ ।

त्यस्तै काँग्रेसले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मान सुचक सम्बोधन गर्न नदिएकोमा पनि आपत्ति जनाउदै आएको छ । संघीय संसद सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथि बुधबारबाट तीन दिन छलफल हुनेछ ।

यसैवीच नीति तथा कार्यक्रममा नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले ८ वटा संशोधन हालेका दर्ता गरेका छन् ।

सांसदहरुको धारणा राख्नेक्रम सकिएपछि प्रधानमन्त्री केपी ओलीले जवाफ दिनेछन् ।