काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमले सरकारले ल्याएको नीति तथा कार्यक्रम कागजको फूल सरह भएको बताएका छन ।


ADVERTISEMENT


बुधबार संघीय संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यक्रममा बोल्दै सांसद आलमले सरकारको नीति तथा कार्यक्रम कागजको सुन्दर फूल सरह रहेको र त्यसबाट सुगन्ध नआउने उनले बताए । उनले भने, ‘जसरी कागजको फूल सुन्दर देखिए पनि त्यसबाट सुगन्ध आउँदैन, त्यस्तै सरकारको यो नीति तथा कार्यक्रम हेर्दा सुन्दर लागे पनि यसबाट नेपाली जनता लाभान्वित हुन सक्दैनन् ।’


ADVERTISEMENT

# # #


छिमेकी मुलकले बनाइदिएको भवनमा लोकतन्त्रको मूल मन्दिर मानिने संसद चलेकोमा असन्तोष प्रकट गर्दै उनले संसद बनाउने आँट त गर्न नसक्ने सरकारले जनताका ठूला अपेक्षा पूरा गर्न सक्ने आधार नभएको बताए ।

निजामती कर्मचारी, आर्मी र पुलिसको अस्पताल भएजस्तै कलकारखानामा काम गर्ने मजदुरको पनि अस्पताल बनाउनु पर्ने उनले बताए ।