काठमाडौं–लगानी बोर्डले पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत आयोजनाको फाइल बुझाउन चैत १५ को समय सीमा दिएकोमा उर्जा मन्त्रालयले अटेरी गरेको छ ।


ADVERTISEMENT


बोर्डले आयोजनाको फाइल बुझाउन पत्राचार गरेको दुई महिनाभन्दा बढी भइसकेको छ । लगानी बोर्डले चैत १ गते पाँच सय मेगावाट भन्दा माथिका जलविद्युत आयोजनाको सम्पूर्ण काम आफैंले गर्ने भन्दै उर्जा मन्त्रालयसँग सबै आयोजनाको फाइल मागेको थियो ।


ADVERTISEMENT

# # #


फाइल मागेको ६६ दिन हुँदासम्म मन्त्रालयले बोर्डलाई लिखित जानकारी गराएको छैन । यसले दुई निकायबीच विवाद बढ्दै गएको देखिन्छ । – आजको नागरिक दैनिकबाट