काठमाडौँ–  चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’ (आवोर) अवधारणामा हस्ताक्षर गर्ने सरकारले निर्णय गरेको छ ।


ADVERTISEMENT


मन्त्रिपरिषदको आजको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले चीन सरकारले अघि सारेको उक्त अवधारणामा सहमति जनाउँदै हस्ताक्षर समेत गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि लामो समयदेखि चीनीयाँ सरकारले ‘वान वेल्ट वान रोड’को अवधारणामा हस्ताक्षर गर्न आग्रह गर्दा समेत नेपाल सरकारले निर्णय लिन सकेको थिएन । मन्त्रिपरिषदको आजको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषदको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको थाइल्याण्ड र श्रीलंका भ्रमणको स्वीकृत दिएको छ । राष्ट्रपति भण्डारी थाइल्याण्ड हुँदै २९ गते श्रीलंका जाने कार्यक्रम रहेको छ ।

बैठकले राजविराजलगायत स्थानमा मधेस आन्दोलनमा मारिएका सन्जन महतो, आनन्द साह, पीताम्बरलाल मण्डल, वीरेन्द्र महतो र किरण यादव, मोरङमा मारिएका वासुदेव साह तथा ताप्लेजुङमा मारिएका वन रक्षक गणेशबहादुर शाहीलाई सहिद मान्ने निर्णय गरेको छ । त्यस्तै काठमाडौँ उपत्यकाका चारै सुर(चार किनारा)मा चार नयाँ सहर सुरुआत गर्ने निर्णय पनि भएको छ ।