काठमाडौं–तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि लागेको अभियोगलाई अस्वीकार गरेका छन् । मंगलबार काठमाडौंबाट पक्राउ परेका गोरेको बुधबार मोरङ जिल्ला अदालतमा बयान सुरू भएको छ ।


ADVERTISEMENT


बयानमा क्रममा गोरेले आफू सुन तस्कर नभएको अदालतमा बयान दिएको स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


बयानका क्रममा यसअघिका अभियुक्तले दिएको बयान गोरेलाई सुनाइएको थियो । उनीहरूले सुन तस्करीको मुख्य मान्छे गोरे नै भएको बताएका थिए ।

गोरेले ती सबै कुरा आफूमाथि लागेको आरोपमात्र भएको बताए । उनले आफूलाई यो प्रकरणमा मुख्य मान्छे भनेर फसाउन खोजिएको बताए ।

‘म त सामान्य मान्छे हो ठूला तस्कर अरू नै छन्,’ गोरेले भनेका छन् । सनम शाक्यको हत्या आफूले नगरेको गोरेले जिकिर गरेका छन् ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको बन्द इजलासमा बुधबार बिहानदेखिगोरेको बयान सुरू भएको थियो । हिजो समय नपुगेकाले आजपनि उनको बयान हुनेछ ।

मानवअधिकारवादीको रोहवरमा राख्न माग
बयान नसकिएपछि प्रहरी हिरासतमा रहेका गोरेले आफ्नो ज्यान खतरामा रहेको भन्दै मानव अधिकारवादीको रोहवरमा राख्न अपिल गरेका छन् ।

आफ्नो ज्यानमाथि नै खतरा हुन सक्ने भएकाले उनले अदालतमा निवेदन दिएका छन् । प्रहरी हिरासतमा रहस्यमय तवरले मृत्यु भएका नेपाल वायु सेवा निगमका लोडर प्रेमलाल चौधरीको प्रसंग कोट्याउँदै उनले आफूलाई पनि खतरा रहेको निवेदनमा उल्लेख गरेका छन् ।

यही प्रकरणमा थाइ एयरका कर्मचारी सानु बनको त्रिभुवन विमानस्थलमा ट्यांकरमा ठोक्किएर मृत्यु भएको थियो ।

भागेर बस्दा ज्यानमा खतरा हुने आफन्तको सल्लाहअनुसार नै गोरे आत्मसमर्पण गर्न भारतबाट केही दिनअघि नेपाल आएका थिए । सोही बेला प्रहरीले उनलाई पक्रेको हो ।

यसअघि उनले गोरेले छानबिन समितिको बयानमा आफू ठुलो तस्कर नभई सामान्य कामदार रहेको बताएका थिए ।