काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा देशभर लहर देखिएको छ । कूल १६५ मध्ये पछिल्लो समयसम्म रास्वपाले १ स्थानमा जित हात पारेको छ ।
काठमाडौँ–१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले जित हात पारेकी छन् । उनी यस पटक जित निकाल्ने पहिलो उम्मेदवार हुन् । यस्तै काठमाडौँ–८ मा रास्वपाकै विराजभक्त श्रेष्ठ जित नजिक पुगेका छन् ।
रास्वपाका ८१ जना उम्मेदवारले अग्रता कायम गरेका छन् । केही स्थानमा भने मतगणना सुरु हुनै बाँकी छ ।
यता नेपाली काँग्रेसकोले पनि जितका खाता खोजेको छ । मुस्ताङबाट काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यस्तै नेपाली काँग्रेसले अन्य ६ स्थानमा अग्रता कायम गरेको छ । यता नेकपा एमालेले ८ स्थानमा अग्रता बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टीले पनि समान ८ स्थानमा नै अग्रता कायम गरेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र श्रम संस्कृति पार्टी पनि १–१ स्थानमा अघि रहेका छन् ।



























































