तपाईंलाई डेटिङमा जानु छ ?
के तपाईंलाई डेटिङमा जाँदा के गर्ने के नगर्ने भन्ने बारे थाहा छ ? के तपाईंलाई डेटिङमा जाँदा तपाईं निकै संवेदनशील र आफ्नो साथीको भावनालाई ख्याल राख्नु पर्ने थाहा छ ? के तपाईंलाई सफल डेटिङका लागि राम्रो डान्स गर्नुपर्ने कुरा थाहा छ ?


ADVERTISEMENT


यदि यी प्रश्नको जवाफ ‘छैन’ भन्ने आउँछ भने चिन्ता नगर्नुस्, यस्ता समस्याको समाधान छ । यसका लागि तपाईंलाई चीनको डेटिङ स्कूलले सहयोग गर्नेछ । यहाँ मानिसहरुलाई सफल डेटिङका लागि कक्षा संचालन गरिन्छ ।


ADVERTISEMENT

# # #


चीन जनसंख्याको हिसाबले संसारको सबैभन्दा ठूलो देश हो । यहाँ पुरुषको जनसंख्या महिलाभन्दा धेरै छ । यसको कारण चीनको एक सन्तान नीति रह्यो जसमा जोडीहरुलाई एउटा मात्र सन्तान जन्माउने अनुमती थियो ।

यसले सेक्स रेसियो बिग्रियो । आजका चीनियाँ युवाले युवतीसँग डेटिङका लागि फकाउन कडा प्रतिस्पर्धाको सामना गर्नुपरिरहेको छ । त्यसकारण त्यहाँ डेटिङ स्कूल र कोचिङ कक्षा संचालनमा छन् ।

बेइजिङको डेटिङ स्कूलः
बेइजिङका यी कुई उर्फ मोका ‘म्याजिक कार्ड’ले यस्तै स्कूल चलाउँछन्, ‘लभ इनर्जी’ । उनका अनुसार डेटिङ एक परफेक्ट डान्सजस्तै हो । कहिले तपाईंले आफ्नो साथीलाई नजिक तान्नुपर्छ भने कहिले उनलाई टाढा धकेल्नुपर्छ । यो क्रममा उनीप्रति लगातार संवेदनशील हुनुपर्छ ।

लभ कोचिङ चीनमा निकै चर्चित भइरहेको छ । यसको अनलाइन कोर्स गर्नुहुन्छ भने ३० डलर प्रति महिना लाग्छ भने यदि तपाईं कक्षामा गएर लभ र डेटिङबारे आफूलाई उत्कृष्ट बनाउन चाहनुहुनछ भने तपाईंले प्रति महिना ४ हजार ५ सय डलरसम्म खर्च गर्नुपर्छ ।

यी कुईका अनुसार उनका धेरैजसो ग्राहक २३ देखि ३३ वर्षको उमेर समूहका पुरुषहरु आउँछन् । यद्यपी, सबैभन्दा कान्छा १९ वर्षे युवक यो स्कूलमा पढ्छनु भने ५९ वर्षका व्यक्ति पनि डेटिङ कला सिकेर महिलालाई प्रभावित पार्न चाहमा स्कूलमा भर्ना भएका छन् ।

यी लभ कोचिङ सेन्टरमा पुरुषहरुको मेकअप गरिन्छ । उनीहरुको सोसल मिडिया प्रोफाइलका लागि उत्कृष्ट तस्बिर खिचिन्छन् । महिलालाई प्रभावित बनाउनका लागि पुरुषहरुलाई विभिन्न तरिका सिकाइन्छन् । चीनमा बिग्रिएको लिंग अनुपात पनि डेटिङलाई चुनौतीको रुपमा खडा गरिदिएको छ । सन् २०१६ मा चीनमा महिलाको तुलनामा पुरुषको जनसंख्या करिब साढे तीन करोड बढी छ । यो सरकारी आँकडा हो ।

‘म्याजिक कार्ड’ का अनुसार पुरुषहरु महिलासँग कुरा गर्न नै हिच्किचाउँछन् ।

सिधै सोध्नुहोस्, ‘मसँग साथी बन्छौ ?’
अन्तर्मुखी युवाले त थप चुनौतीको सामना गरिरहेका छन् । उनीहरु युवतीसँग प्रेमको कुरा गर्न नै डराउँछन् । यस्ता चुनौतीसँग लड्नका लागि सही तालिमको आवश्यकता पर्छ । म्याजिक कार्ड भन्छन्, ‘महिलासँग साथी बन्न चाहने पुरुषहरुले यताउतीको कुरा गर्नुको साटो मसँग साथी बन्ने हो भनेर सिधै सोध्नुपर्छ ।’

कोर्सबारे विस्तृतमा सोध्दा उनले लभ र डेटिङको स्कूल र कोचिङको कारोबार गर्नु त्यति सजिलो नभएको बताए । धेरै कर्मचारीको आवश्यकता पर्छ । पैसा अत्यधिक खर्च हुन्छ । उनीहरुका लागि अफिस र अन्य सुविधाको प्रबन्ध मिलाउनुपर्ने हुन्छ ।

अनलाइन कोर्सको माग पनि धेरै छ र यो व्यवसाय पनि सजिलो छैन । भर्चुअल डेटिङ कोर्स तयार गर्न कम खर्च लाग्छ । तपाईंले अडियो भिडियो क्लास तयार गर्नुभयो भने मार्केटिङको काम मात्र बाँकी हुन्छ ।