एजेन्सी–शाहरुख खानकी छोरी सुहाना खान २२ मार्चमा १८ वर्षकी भइन् । शाहरुखले इन्स्टाग्राममा छोरी सुहानाको उडिरहेको फोटो पोष्ट गरेका छन् ।


ADVERTISEMENT


शाहरुखले छोरीलाई जन्मदिनको शुभकानमा दिँदै लेखेका छन्, ‘हरेक छोरी झैं, मलाई थाहा छ, तिम्रो जन्म उड्नको लागि भएको हो । अब कानूनी रुपमा तिमीले ती सबै कुरा गर्न पाउँछौ जुन तिमीले १६ वर्षदेखि गर्दै आएका छौ, लभ यू…’ । उनको उक्त पोष्टलाई अहिलेसम्म ८ लाखभन्दा बढि लाइक आएको छ ।


ADVERTISEMENT

# # #


https://www.instagram.com/p/BjF_o_Njr7K/?taken-by=iamsrk

शाहरुख आफ्नी छोरीले चाहेको क्षेत्रमा करियर बनाओस् भन्ने इच्छा राख्छन् । सुहानालाई खेल र अभिनय दुबैमा रुची छ । यस्तोमा एक अन्तर्वार्तामा शाहरुखले भनेका थिए, ‘सुहाना यसकारण मात्र अभिनय क्षेत्रमा आउनुहुन्न किनभने उनका आमाबुवाले यस्तो चाहन्छन् । ’ यद्यपी, शाहरुखले सुहानाले राम्रो अभिनय गर्ने गरेको जानकारी दिएका थिए ।