काठमाडौं– ‘आजाद भिसा’ का नाममा उडेका झन्डै दुई सयभन्दा बढी नेपाली कामदार कतारको टोइटा सिग्नल, हिलाल, मुग्लिना, नेसनल, मुर्रा, बक्रा, मदिना खलिफालगायत स्थानमा अलपत्र परेका छन् ।


ADVERTISEMENT


हुँदै नभएको ‘आजाद भिसा’
कानुनले ‘आजाद भिसा’ लाई चिन्दैन । कामदारलाई झुक्याउन दलाल आफैंले राखिदिएको नाम हो, आजाद भिसा । वैदेशिक रोजगारमा जाँदै नगएकालाई यो नामले लोभ्याउने गरेको छ । दलालले ‘रोजगार भिसा’ लाई नै ‘आजाद भिसा’ को नाम दिएर ठगिरहेका छन् । यसका लागि नेपालका म्यानपावर र कतारमा खुलेका कम्पनी मिलेर कारोबार गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


कतारमा कम्पनीसँग मिलेर पुरुषोत्तम श्रेष्ठले इन्द्रदेवसहित २० जना कामदारको भिसा निकालिदिए । त्यसलाई वैदेशिक रोजगार कार्यालयबाट श्रमस्वीकृति निकालिदिने काम रेडियन्ट म्यानपावरले गर्‍यो । म्यानपावर भन्छ, ‘हामीले श्रमस्वीकृति मात्रै निकाल्ने हो । काम खोज्ने, राख्ने जिम्मेवारी श्रेष्ठको हो ।’

कतार श्रमकानुनअनुसार त्यहाँ पुगेको तीन महिनाभित्र आवासीय भिसा लगाइसक्नुपर्छ । जुन कम्पनीको भिसामा कतार पुगेको छ, त्यही कम्पनीले आवासीय भिसा नलगाइदिई अर्को कम्पनीमा काम गर्ने अधिकार (रिलिज) दिने कानुनी प्रावधान छ । दलालहरूले यही बाटो समातेर धेरै पैसा कमाउने जागिर लगाइदिने भन्दै सोझा नेपालीलाई ठगिरहेका छन् ।