सर्लाही–सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई बुधबार राति मलंगवामा प्रदेश सांसदले दुव्र्यवहार गरेका छन् ।


ADVERTISEMENT


लेखा सहायकको कामसमेत गर्दै आएका वडा नं. १ का सचिव राजेन्द्र ठाकुर र स्थानीय राजनीतिकर्मीसँग जिविस चोकस्थित एक होटलमा बसिरहेका श्रीवास्तवलाई दलबलसहित पुगेका प्रदेश सांसद् सञ्जयकुमार यादवले कुटपिट गरेका हुन् ।


ADVERTISEMENT

# # #


यादवले वडा सचिवको झोलामा रहेका कागजातसमेत नियन्त्रणमा लिएका छन् । उनले साताअघि नगरपालिकाको कार्यालयमै गएर श्रीवास्तवलाई कोठामा थुनी केही योजनामा जबर्जस्ती सम्झौता र कार्यदेशमा हस्ताक्षर गर्न लगाएका थिए । – आजको कान्तिपुरबाट