मोरङ–गोरेलाई अदालतमा हाजिर गराइएपछि उनका बाबु नेत्र उप्रेती मोरङ आएका छन् । उनले आफूले छोरालाई पहिलेदेखि नै अवैध काममा नलाग्न र बानी सुधार्न आग्रह गर्दै आएको जानकारी दिँदै नमान्दा यस्तो हबिगत भएको पत्रकार र कानुन व्यवसायीसँग बताएका छन् ।


ADVERTISEMENT


पहिले मोरङको इटहार झुनाबारी हुँदै उर्लाबारी नगरपालिका– ७ मा बसोवास गर्दै आएका नेत्र सपरिवार पाँच वर्षदेखि काठमाडौं गौरीधारा बस्न थालेका थिए ।


ADVERTISEMENT

# # #


उर्लाबारी– ७ पशुपति मार्गमा रहेको पुरानो घर उनले भाडामा लगाएका छन् । काठमाडौँको घर आफू प्रहरी सेवाबाट अवकाश भएपछि पाएको पैसा र पहिले गोरे विदेशमा गएर कमाएको पैसाले बनाएको, तर कुनै अवैध कमाइ लगानी नभएको उनको भनाइ छ ।

‘काठमाडौंको घर गोरेको अवैध कमाइले होइन, वैध कमाइको हो,’ नेत्रले भने ।