चरिकोट– दोलखामा मध्यराति हाईलक्स गाडी जलाइएको छ । बा ९ च १०८० नम्बरको हाईलक्स गाडी जलाएको हो ।


ADVERTISEMENT


खाडीचौर–जिरी सडक विस्तार आयोजनाको कन्सल्ट्यान्ट ईतिको कन्सल्ट्यान्स कम्पनीले प्रयोग गर्ने हाईलक्स गाडी गएराति १ बजेको समयमा भिमेश्वर नगरपालिका–६ चोथाङमा जलिरहेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा गएर अनुसन्धान गर्दा गाडी जलाउनुको कारणबारे खुलेको छैन ।


ADVERTISEMENT

# # #


कन्सल्ट्यान्टको गाडी के कारणले जलेको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रेमसागर केसीले जानकारी दिए ।

एक्जीम बैंक भारतको सहयोगमा निर्माण भइरहेको सडक सुधार आयोजनाको कन्सल्ट्यान्टले प्रयोग गर्ने गाडी जल्नुमा आयोजनामा भएको वादविवाद हुनसक्ने अनुमान गरिएको छ ।