काठमाडौं–राजधानीको कलंकीमा निर्माण भइरहेको मुलुककै पहिलो अन्डरपास असारको दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ ।


ADVERTISEMENT


असार १५ गतेदेखि यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


चार लेन फराकिलो र ३८ मिटर लामो सो अन्डरपासको एकातिरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ भने अर्कोतिरको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । – आजको गोरखापत्रबाट