पर्वत(रासस)–यहाँको एक विकट गाउँकी महिलाले एकै दिन छ विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छन् । महाशिला गाउँपालिका–५ पाखापानीकी कल्पना गुरुङले विपन्न बालबालिकालाई विद्यालय भर्ना गराउँदै अभिभावक्त्व ग्रहण गरेकी हुन् ।


ADVERTISEMENT


लामो समयसम्म वैदेशिक रोजगारीका लागि विदेशमा बसेर नेपाल फर्किएकी गुरुङले आफूले पढेको स्थानीय जनविकास माविलाई ३० हजारसमेत एक कार्यक्रममा प्रदान गरिन् । उनले छ बालबालिकालाई अहिले अध्ययनरत तहदेखि कक्षा १२ सम्म पढाउने गरी विद्यालयसँग सम्झौतामा हस्ताक्षर पनि गरिन् ।


ADVERTISEMENT

# # #


बालशिक्षाका मीरा सुनार र एलिसा गुरुङ, कक्षा ४ का हरिकला क्षेत्री र भोलाकुमारी नेपाली तथा कक्षा ५ का धनबहादुर क्षत्री र कक्षा ८ का रामबहादुर क्षेत्री छनोट गरिएको विद्यालयका प्रधानाध्यापक चक्रबहादुर क्षत्रीले बताए । ती बालबालिकालाई विद्यालय पोशाक र शैक्षिक सामग्रीसमेत वितरण गरिएको छ ।

महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले गुणस्तरीय शिक्षाका लागि शिक्षकको क्षमता अभिवृद्धि गर्नुपर्ने औँल्याए । हाल काठमाडौँ निवासी गुरुङले विद्यालयमा भएको सुधारले आफू हर्षित भएको बताइन् ।