काठमाडौँ–संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि(आइतबार) जवाफ दिने भएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभामा विहान ११ बजे र राष्ट्रियसभामा दिउँसो एक बजे प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रधानमन्त्रीको जवाफ पछि दुबै सदनको छुट्टा–छुट्टै बैठकले नीति तथा कार्यक्रम पारित गर्ने छ । हिजो नीति तथा कार्यक्रममा छलफल सकिएको छ ।


ADVERTISEMENT

# # #


सरकारको नीति तथा कार्यक्रममा प्रतिनिधिसभामा ३ दिन र राष्ट्रिय सभामा २ दिनसम्म छलफल चलेको थियो । छलफलमा प्रतिपक्षी दलका सांसदले संघीयताको भावना अनुरुप प्रदेश र स्थानीय तहलाई बलियो बनाउन सरकार चुकेको आरोप लगाएका थिए । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका सांसदहरुले संविधान संशोधनमा सरकार उदासिन रहेको बताए ।

प्रतिनिधिसभमा बुधबारदेखि ३ दिन छलफल चलेको हो  । यस्तै, राष्ट्रियसभामा बिहीबार र शुक्रबार दुईदिन छलफल चल्यो  । ७ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।