एजेन्सी–भारतिय पत्रिका दैनिक भाष्करका अनुसार बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको मिति लगभग निश्चित भएको छ । उनीहरूको बिहे यसै वर्षको १९ नोभेम्बरमा मुम्बईमा हुने भएको हो ।


ADVERTISEMENT


दीपिका र रणवीरको साउथ इन्डियन परम्परा अनुसार बिहे हुने अनुमान गरिएको छ । दीपिकाको परिवारले एक साउथ इन्डियन ज्योतिषिलाई ग्रह नक्षेत्र हेराएर मिति तय गरेको बताइएको छ ।


ADVERTISEMENT

# # #


बिवाह मुम्बईमा नै हुने भए पनि विवाहस्थल भने फाइनल भएको छैन । अगष्टसम्ममा विवाहस्थलको टुंगो लाग्ने बताइएको छ भने हतारमा कुनै ठाउँ बुक गर्ने मुडमा दुवै परिवार नभएको बुजिएको छ ।