काठमाडौं–नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यसत्ताको नीतिगत अराजकता र विप्लव विद्रोहको दोहोरो मारमा जनता पर्ने खतरा औंल्याएका छन् । शनिबार केही पत्रकारहरुसँगको भेटका क्रममा सिटौलाले विप्लवको विद्रोह आतंकका रुपमा फैलिएको बताए । चुनाव ताका सुरु भएको उसका हिंसात्मक गविविधि अझ बढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


हालै भएको भेटमा प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराएको उल्लेख गर्दैै कांग्रेस नेता सिटौलाले भने, विप्लव विद्रोहको राजनीतिक समाधान के हो ? प्रशासनिक समाधान के हो ? सरकारले समयमै ध्यान देओस् ।’


ADVERTISEMENT

# # #


मुलुक अर्को द्वन्द्वमा नपरोस् भन्दै उनले राजनीतिक रुपमा छलफल गरेर समाधान खोज्न सरकारलार्इ सुझाएका छन् । शान्ति सम्झौता हुँदा विप्लवको समेत सहमति रहेको भन्दै उनले त्यसबाट विचलित नहुन उनलार्इ पनि आग्रह गरे । कांग्रेस नेता सिटौलाले भने, ‘संयोगले भेट भयो भने म विप्लवलाई पनि भन्छु, यो बाटो नहिड्नुस् र व्यवस्थाको विरोध शान्तिपूर्ण रुपमा गर्न पाइन्छ ।’

एउटा कम्युनिष्ट पार्टीले हिंसात्मक गतिविधि गरिरहँदा अर्को कम्युनिष्ट नेतृत्वको सरकारले भने नीतिगत अराजकताको संकेतहरु देखाएको उनले बताए । नेता सिटौलाले भने, ‘केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले एउटै विषयमा फरक फरक निर्णय गर्दा नीतिगत अराजकता हुन्छ, शिक्षामा यो देखिएको छ ।’

उनले एमाले र माओवादी केन्द्रको एकता र वर्तमान सरकार सफल होस् भन्ने शुभकामना दिए । तर, अहंकारको बाटो लिए सरकार आफैं पतन हुने चेतावनी दिए । प्रधानमन्त्रीले कांग्रेसलाई प्रतिस्पर्धी रहेन, सहयोेगी मात्र भनेको स्मरण गर्दै उनले भने, ‘अहंकार आएको हो कि होइन व्यवहारले देखाउँछ । यदि चीनमा कम्युनिस्ट पार्टीले जस्तो हामीलार्इ सहयोगी मात्र भन्न खोजेको हो भने यो पतनको सुरुवात हुनेछ ।’

समृद्धि सबैको साझा लक्ष्य भएको भन्दै नेता सिटौलाले सरकारले लोकतन्त्रलाई छाडेर समाजवाद उन्मुख मात्र भन्नु संविधानको मर्त विपरित हुने बताए ।