काठमाडौं–शनिबार राती सम्पन्न च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुल तथा रियल म्याड्रिडबिच भएको रोचक खेलमा रियल म्याड्रिडले तेस्रो पटक कब्जा जमाउँदै ह्याट्रिक गरेको छ । सो खेलमा इङ्लिस क्लब स्पेनी जायन्ट रियलसँग ३–१ले स्तब्ध भयो ।


ADVERTISEMENT


म्याड्रिड यो सिजनको १३ औं तथा पछिल्लो सिजनको चौथो उपाधि हो । रियलको जीतका लागि ग्यारेथको उत्कृष्ट प्रदर्शन प्रमुख रह्यो । सो खेलमा ५१ मिनेटमा करिम बेन्जिमाले रियलका लागि पहिलो गोल गरेका थिए तर रियलसँग सो गोलको खुशी धेरैबेर रहन पाएन ।


ADVERTISEMENT

# # #


गोल खाएको ४ मिनेटमा नै लिभरलपुलका लागि साडियो मानेले गोल गर्दै बराबरीमा टोलीलाई पुर्‍याएको थियो । यस्तै बराबारीको खेललाई ६४ औं मिनेटमा गारेथ बेलले गोल गर्दै रियललाई अग्रता दिलाए भने खेलको अन्तिम ७ मिनेट बाँकी रहँदा उनले अर्को गोल गरे जसका कारण रियलले उपाधिमाथि ३–१ को विजय हासिल गर्न सफल भयो ।

बेल ६१ औं मिनेटमा इस्कोको सट्टामा मैदान प्रवेश गरेका थिए । मैदान छिरेको ३ मिनेटमा उनले टिमलाई अग्रता दिलाएका थिए भने खेलको ८३ औं मिनेटमा ओभरहेड किकमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै रियलको जीत सुनिश्चित बनाए ।

खेलमा लिभरपुलका लागि उपाधि दिलाउन महत्वपूर्ण मानिएका मोहम्मद सालेह ३० औङ मिनेटमा घाइते भएपछि रूँदै मैदान छाड्न बाध्य भए ।