एजेन्सी–पाकिस्तानमा आगामी २५ जुलाईमा आम निर्वाचन हुने भएको छ । राष्ट्रपति मममुन हुसेनले सरकारले प्रस्ताव गरेको निर्वाचन मितिलाई सदर गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रपतिका प्रवक्ताका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन हुने छ । पाकिस्तानमा वर्तमान सरकारको कार्यकाल सकिँदैछ । हाल पाकिस्तानको प्रधानमन्त्री शाहिद खकान अब्बासी छन् ।


ADVERTISEMENT

# # #


गत वर्ष जुलाईमा तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै पदमुक्त गरेको थियो । त्यसपछि शरिफकै पार्टी पाकिस्तान मुस्लिम लिग नवाजले खकानलाई प्रधानमन्त्री बनाएको थियो ।

सन् २०१३ मा भएको आम निर्वाचनबाट शरिफले अत्यधिक बहुमत हासिल गरेका थिए । आगामी चुनावमा पाकिस्तान मुस्लिम लिगलाई तहरिक ए इन्साफ पार्टीले टक्कर दिने अनुमान छ । तहरिक एक इन्साफ पूर्वक्रिकेटर इमरान खानको पार्टी हो ।

नवाज शरिफलाई भने अदालतले चुनाव लड्नसमेत प्रतिवन्ध लगाइदिएको छ ।