रुकुम–अवैध रुपमा बालगृहमा राखिएका ३३ बालबालिकाको उद्धार गरिएको छ । मुसीकोट नगरपालिका १ बागबजारमा सञ्चालित नरसिंह हिमालय अनाथ बालगृहबाट शनिबार जुम्लाका २४ र रुुकुम पूर्वका ९ जना बालबालिकाको उद्धार गरिएको हो ।


ADVERTISEMENT


बालगृह सञ्चालक विवेक बुढा पनि पक्राउ परेका छन् । शनिबार जिल्ला बाल कल्याण समिति, मुसीकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयले मापदण्ड नपुर्याएर सञ्चालन गरिएको बालगृहका बालबालिकाको उद्धार गरि घर फर्काएका हुन् । – आजको नेपाल समाचारपत्रबाट


ADVERTISEMENT

# # #