काठमाडौं–रौतहट लगायत तराई क्षेत्रका बजारहरुमा बिषादी प्रयोग गरेर पकाइएको आँप बिक्री भइरहेको छ ।


ADVERTISEMENT


छिमेकी देश भारतका व्यापारीहरुले बढि मुनाफा आर्जन गर्ने उदेश्यका साथ मौषम र सिजन विपरित विषादिी प्रयोग गरी पकाएका आँप बजारमा बेचिरहेका छन् ।


ADVERTISEMENT

# # #


रसायनको मद्दतले जबरजस्ती पहेंलो बनाएर भारतबाट नेपालका बजारमा ल्याईएका त्यस्ता आँपहरु खादा मानिसलाई रिङ्गाटा लाग्ने, वाकवाकी आउने, पेटपोल्ने र झाडापखाला हुने तथा शरीरमा बिभिन्न समस्या आउन सक्ने डा।सुवास चौधरीलले बताए ।

विभिन्न किसिमका विषादि प्रयोग गरी पकाएको आँप लगायतका अन्य फलफुलहरु सेवन गर्दा स्वास्थ्य बिग्रने बताइएको छ । त्यस्ता बिषादी युक्त खाद्यन्न पदार्थहरु खुला रुपमा बिक्रीवितरण भए पनि रौतहटका प्रशासन मुख दर्शक बनेर बसेका छन ।

उपभोक्ताहरुको स्वास्थ्य माथि गम्भिर खेलवाड भएको प्रति प्रहरी प्रशासन र खाध्य तथा गुण नियन्त्रण कार्यालय मौन रहेको र यहाँका जनता त्यस्ता शिक्षित नभएका कारण हाम्रो स्वास्थ्यसँग खेलवाड भइरहेको यहाँका स्थानिय गुडु ठाकुरले बताएका छन् ।