काठमाडौं–नेपाल आइडलका फर्स्ट रनरअप निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आईडलको फर्स्ट रनरअप भट्टराइले आफ्नै आवाजमा स्वयं अभिनय गरेको भिडियो युटुवमा सार्वजनिक भएको हो जुन नम्बर वानमा ट्रेन्डिङ गरिरहेको छ ।


ADVERTISEMENT


राजेन्द्र भट्टको शब्द संगीत रहेको ‘ओई भुन्टी’ बोल रहेको गीतमा नायिका तथा मोडल एलिशा राईले निशानसँग अभिनय गरेकी छिन् । श्रीमान श्रीमतीको विगतमा केमेस्ट्रिलाई सम्झाउन खोजिएको उक्त भिडियोमा एलिशा निशान दुवैले दमदार अभिनय पस्केका छन् ।


ADVERTISEMENT

# # #


टेकेन्द्र शाहले निर्देशन गरेको उक्त भिडियोमा एलिशा र निशानले गीतको भाकालाई मौलिक अभिनयमा ढालेका छन् । मोहित मुनालले एरेन्ज गरेको गीत मिक्सिङ श्यामक्युईट रसाईलीले गरेका छन् भने सागर पाण्डे रेकर्डिस्ड रहेका छन् । शिशिर खातिले कोरियोग्राफ गरेको गीतको भिडियोमा एम आर आरजेको पनि अभिनय रहेको छ ।

नेपाल आइडलका प्रतियोगीहरू देश तथा विदेशको विभिन्न कार्यक्रममा व्यस्त छन् भने अहिले एकपछि अर्कोले नयाँ गीतहरु रिलिज गर्ने क्रम जारी रहेको छ ।

हेर्नुहोस् भिडियोः

https://youtu.be/_-hRovJleY8