लहान(रासस)–सिराहाको धनगढी नगरपालिका–३ स्थित सडकमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।


ADVERTISEMENT


स ८ प ५३६६ नं को मोटरसाइकलले दिँदा स्थानीय ६५ वर्षीया सरस्वती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको धनगढीस्थित श्रमजीवी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले धनगढीले जनाएको छ ।


ADVERTISEMENT

# # #


ठक्कर दिने मोटरसाइकलका चालक लहान नगरपालिका १३ निवासी २५ वर्षीय अखलेशकुमार महतो पनि घाइते भएकाले उहाँको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।