काठमाडौं – राजधानीमा जारी प्रधानमन्त्री एकदिवशीय कपको उद्घाटन खेलमा रोहित कुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरेका छन् । आइतबार शसस्त्र प्रहरी बल(एपीएफ)लाई जिताउने क्रममा रोहितले ४१ बलमा नै ७३ रन बनाएर प्रदेश नं ४ का बलरलाई आच्छुआच्छु पारेका हुन् ।


ADVERTISEMENT


समूह ए अन्तर्गत टियु मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश नं ४ ले निर्धातिर ५० ओभरमा ९ विकेट गुमाएर २३९ रनको सम्मानजनक स्कोर बनाएको थियो । २४० रनको लक्ष्य पच्छ्याएर मैदान छिरेको एपीएफले ३६.३ ओभरमा ५ विकेट गुमाउँदै २४२ रन बनाएर प्रदेश ४ लाई पाखा लगाएको हो । एपीएफका लागि युवा स्टार १५ वर्षीय रोहित पौडेल र पृथु बास्कोटाको अर्धशतक मद्दतमा पाँच विकेटको जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


आक्रामक इनिङ खेलेका रोहितले ४१ बलमा नै नटआउट ७३ रनको पारी खेलेपनि एपीएफको जित सहज भएको हो । सिनियर राष्ट्रिय टिमका कान्छा खेलाडी समेत बनेका रोहितले १० चौका र ३ छक्का प्रहार गरे । उनले दुईले पाँचौ विकेटका लागि पृथु बास्कोटासँग ११० रनको साझेदारी गरे।

उनले मेखबहादुर सेनको एकै ओभरमा २२ रन प्रहार गरेका थिए । उनले उक्त ओभरमा ४ चौका र एक छक्का हिर्काएका थिए । यस्तै उनले खेलको ३५ औँ ओभरमा अम्रित गुरुङको ओभरको ५ बलमा १५ रन बटुले ।

यस्तै एपीएफका लागि ओपिनिङमा आएका सुवास खकुरेलले राम्रै सुरुवात दिलाए । उनले ६१ बलमा ४८ रन बनाएर आउट भए । खकुरेलले ६ चौका प्रहार गरेका थिए । यता प्रदिप ऐरीले ३७ रन बनाउँदा पनि एकदिवसीय खेलमा पुनरागमनको आश देखाएका छन् । प्रदिपले ३७ रन जोडे । त्यस्तै पृथु बाँस्कोटाले ५३ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ५३ रन नै बनाए।

ओपनर आसिफ शेख (५) र अनिल कुमार शाह (१) लाई गुमाएपछि सुवास प्रदिपले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै एपीएफको इनिङ्सलाई अगाडी बढाएका थिए ।

यता प्रदेश ४ का लागि विपीन खत्री, मेख बहादुर सेन, हरि बहादुर चौहान, गोविन्द प्रधान र सुम घिमिरेले समान ११ विकेट लिए ।

कीर्तिपुरस्थित टीयू ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले निर्धारित ५०० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो। प्रदेश ४ का लागि छैटौँ नम्बरमा ब्याटिङ गरेका हरी चौहानले सर्वाधिक ५७ रन बनाए।

२७.१ ओभरमा ९२५ को स्थितमा रहेको प्रदेश ४ को इनिङ्सलाई चौहानले एक छेउबाट अगाडी बडाउँदा उनलाई अनिल गुरुङ र विपिन खत्रीले साथ दिएका थिए। विपिनले ११ बलमा २७ तथा अनिले २१ रन जोडे। यस्तै कप्तान विधान गुरुङले ४३ रन बनाए। प्रदेश ४ ले ३८ रन अतिरिक्त पाएको थियो।

बलिङमा एपीएफका कमल सिह ऐरीले ९ ओभरमा १ मेडन राख्दै ४२ रन खर्चेर ३ विकेट लिए। अमर सिंह राउटेलाले २ विकेट झारे।