काठमाडौं–बलिउड नायिका ऐश्वर्या राय बच्चनले सोसल मिडिया इन्स्टाग्राममा भित्रिएको छोटो समयमा नै ३२ लाख फलोअर्स कमाइसकेकी छिन् ।


ADVERTISEMENT


उनी इन्स्टामा निकै सक्रियसमेत छिन् । आफ्ना कार्यक्रम र नीजि जीवनका तस्बिर उनले इन्स्टाग्राममा पोष्ट गर्ने गरेकी छिन् ।


ADVERTISEMENT

# # #


उनले पछिल्लो पटक मे २३ तारिखमा आमाको जन्मदिनको अवसर पारेर आमासँगको फोटो पोष्ट गरेकी छिन् । अलि पुरानो देखिने उक्त फोटोमा उनले आमाका लागि निकै मायाका शब्द प्रयोग गरेकी छिन् । उनले लेखेकी छिन्, ‘आई लभ यू, तिमी छौ र त म छु । जन्मदिनको धेरैभन्दा धेरै शुभकामना, मेरी सधैंकी बहुमूल्य मम्मी डार्लिङ’ ।

https://www.instagram.com/p/BjHBtSElXbu/?taken-by=aishwaryaraibachchan_arb

उनको यो पोष्टमा दुई हजार बढी कमेन्ट आएका छन् भने ४ लाख बढीले लाइक गरेका छन् ।