बुटवल–शंकास्पद वस्तु फेला परेपछि आठ घण्टासम्म अवरुद्ध रुपन्देहीको ड्राइभरटोल–शिवपुर सडक खण्ड सोमबार बिहान ८ बजेदेखि खुलेको छ ।


ADVERTISEMENT


गएराति १२ बजे ड्राइभरटोलदेखि पूर्व करिब एक किलोमिटर दुरीमा सडकको बीचमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो । प्रहरीले उक्त स्थानमा रातभर पहरा दिएर सवारी साधन र सर्वसाधारणको आवागमन बन्द गराएको थियो ।


ADVERTISEMENT

# # #


चारवटा ब्याट्री जस्ता वस्तुलाई तारले जोडेर रातो वत्ती टल्किने गरी राखिएकाले बमको आंशका गरेर सेनालाई डिस्पोजका लागि बोलाइएको थियो । सोमबार बिहान नेपाली सेनाको बम डिस्पोजल टोली आएर शंकास्पद वस्तुलाई डिस्पोज गरेपछि यातायात सेवा र आवागमन खुलेको ड्राइभरटोल प्रहरी चौकीका असई अवधेश यादवले जानकारी दिए ।

उक्त शंकास्पद वस्तु डिस्पोज गर्दा विष्फोटको आवाज नआई आगोको झिल्को मात्र निस्केको थियो ।