पाल्पा(रासस)–बगनासकाली गाउँपालिका– ८ बराङ्दी घिउसीबासमा लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।


ADVERTISEMENT


राष्ट्रिय योजना आयोगको रु १५ लाख र स्थानीय जनसहभागिताको रु तीन लाख ६० हजार गरी जम्मा रु १८ लाख ६० हजारको लगानीमा तीन वर्षको समय अवधिमा निर्माण कार्य सकिएको घिउसीबास लिफ्टिङ खानेपानी निर्माण उपभोक्ता समिति बराङ्दीका अध्यक्ष मोतीलाल बस्यालले बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले खानेपानीको अभावका कारण यहाँका स्थानीयलाई धेरै समय पानीमै खर्चनु परेको बताउँदै आगामी दिनमा सहज हुने विश्वास व्यक्त गरेका छन् ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले हरेक योजनाको आफ्नै महत्व रहेको बताउँदै अबको पाँच वर्षभित्रमा गाउँपालिकाभित्र खानेपानीको सहज सेवा प्रदान गर्ने बताए । यस आयोजनाबाट करीब ४०० स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।