काठमाडौँ– नेपाली काग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय संसदमा आफ्नो पार्टीले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन । सरकारको नीति तथा कार्यक्रममा कांग्रेस मौन बसेपछि डा. कोइरालाले गृह नगर विराटनगर आएर यो पछिल्लो अभिव्यक्ती दिएका हुन ।


ADVERTISEMENT


पार्टी भित्र स्पस्ट विचार राख्ने नेताका रुपमा चिनिएका कोइरालाले सोमवार गुरॉस पुस्तकालको ४८ औ स्थापना दिवसमा बोल्दै भने , ‘सरकारको नीति तथा कार्यक्रममा कांग्रेसले कि समर्थन जनाउनु पथ्र्यौ या विरोध गर्नुपर्दथ्यो । मौन बस्नु दुर्भाग्य हो, यसले लोकतन्त्रलाई कमजोर बनाउँछ । कांग्रेस मौन बस्नुले विरोध वा समर्थन के गरेको बुझ्न सकिएन ।’ कांग्रेस सभापति शेरवहादुर देउवाको कार्यशैली प्रति असन्तुष्ठ देखिदै आएका कोइरालाले पार्टीमा जस्तै संसदमा पनि कांग्रेसको उपस्थिति सभापतिले कमजोर बनाएको टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


संसदमा प्रतिपक्ष कमजोर बन्दा लोकतन्त्र कमजोर बन्ने खतरा बढ्छ कोइरालाले भने , ‘कांग्रेसले प्रतिपक्ष जस्तो व्यवहार पनि देखाउन सकेन र काम पनि गर्न सकेन ।’ संसदमा कांग्रेसको उपस्थिति न्यून भएपनि भूमिका शसक्त हुनुपर्ने उनको सुझाव थियो । प्रतिपक्षी सशक्त हुन नसक्दा सरकार तानाशाही बन्दै जाने उनले ठोकुवा गरे । ‘यसैपनि प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गतिविधिले लोकतन्त्र गुम्ने त होइन भन्ने काला बादलहरु देखापरिरहेको छ’ कोइरालाले भने, ‘त्यसैले कांग्रेस सशक्त प्रतिपक्षी बन्न सकेन भने प्राप्त उपल्ब्धि गुमेर जाने खतरा बढन सक्छ ।’

यस्तै गणतन्त्र दिवसको अवसरमा वालकृष्ण ढुंगेललाई आम माफी दिने ओली सरकारको रवैयाले प्राप्त लोकतन्त्र गुम्ने खतर बढेको उनको संकेत थियो । डा कोईरालाले न्यायपालिका दिनानु दिन कम्जोर हुदै गएको पनी बताएका थिए ।