काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सरकार परिवर्तनमा निर्वाचन आयोगले हस्तक्षेप नगर्ने र त्यो आफूहरुको क्षेत्राधिकारको विषय पनि नभएको बताएका छन् । साथै आयोगले सरकारलाई बजेट ल्याउन नरोक्ने तर, निर्वाचन आचारसंहिता अनुकुलको बजेट मात्र आउनु पर्ने बताए ।


ADVERTISEMENT


बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘सरकार गठनमा प्रवेश गर्नु उपयुक्त र हाम्रो आफ्नो क्षेत्राधिकारमा पर्दैन ।’


ADVERTISEMENT

# # #


मुलुक अहिले पनि संक्रमणकालमै रहेको भन्दै उनले अघि भने, केयर टेकर सरकार भएको भए एउटा कुरा हुन्थ्यो । तर, कहिले बहुमत त कहिले अल्पमतको सरकार हुन्छ । हामी सरकार गठनमा हस्तक्षेप गर्न गयौं भने चुनाव गराउनु पर्ने मुल कामबाट विमुख हुनसक्छौं ।’ बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बन्ने चर्चा चलिरहेको बेला यादवबाट यस्तो धारणा आएको हो ।

प्रमुख आयुक्त यादवले सरकारले जेठ १५ मै बजेट ल्याउन सक्ने बताए । तर, मतदातालाई प्रभावित पार्ने नयाँ कार्यक्रम भने राख्न नपाइने उनले बताए । जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था नै रहेको भन्दै उनले भने, बजेट ल्याउन मिल्छ । तर, आचार संहित अनुकुल हुनुपर्छ । मतदातालाई प्रभावित पार्ने नयाँ कार्यक्रम बजेट ल्याउनु हुँदैन भनेका छौं ।’