काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको तयारी र सफताको पहिलो सूचक उम्मेदवारी मनोनयनमा देखिएको उत्साहले पुष्टि गरेको बताएका छन् ।


ADVERTISEMENT


रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उनले भने–“विभिन्न शङ्का आशङ्काबीच पनि निर्वाचनप्रतिको सबैको सकारात्मक सोचबाट आज हामी यहाँसम्म आइपुग्न सफल भएका हौँ ।’’


ADVERTISEMENT

# # #


‘‘स्थानीय तहको २० वर्षपछि हुन लागेको निर्वाचनमा आम मतदाताको सहभागिता होस्, कोही मतदाता नछुटुन्, सदर मतको सङ्ख्या बढोस्, बदर मत प्रतिशत घटाउन सकियोस् भन्ने दृष्टिकोणबाट आयोगले यसपटक निर्वाचन शिक्षालाई जोड दिइरहेको छ’’– प्रमुख निर्वाचन आयुक्त डा यादवले भने। स्थानीय तहको ठूलो भूगोल भएकाले उम्मेदवार जनताको घरघरमा पुगेर मत माग्ने र मतशिक्षा दिने कार्यमा समयको तालमेल मिलाउन भने निकै धौधौ परिरहेको उनको भनाइ थियो ।

मुलुक सङ्क्रमणकालकै छ भन्ने परिचयको रुपमा सरकार विस्तारको घटनालाई लिन सकिने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने– “आयोग निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन दृढ छ ”। निर्वाचन कानुनमा व्यवस्था भएअनुसार मतदान सकिएर मतपेटिका सङ्कलन भएपछि मतगणना सुरु गरिने बताउँदै उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ मै हुन्छ, त्यसलाई सारियो भने आयोगले तयारी गर्न भ्याउँदैन ।

संवैधानिक प्रक्रियाअनुसार नियमितरुपमा आउने सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्वाचन आचारसंहिता अनुकूल हुनुपर्दछ भने