काठमाडौं–पाँचथर प्रहरीले फिदिम बजारबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा फिदिम–११ कि सीता थापा राई रहेकी छन् । उनलाई पाँचथर प्रहरीले आइतबार फिदिम बजारबाट पक्राउ गरेको जनाएको छ । उनलाई आइतबार नै केही सार्वजनिक अपराधअन्तर्गत ६ दिनको म्याद थप गरी अनुसन्धान सुरू गरिएको पाँचथर प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


पाँचथर प्रहरीले यस अघि जिल्लाका विप्लव समूहका ५ जना कार्यकर्ताहरूलाई पक्राउ गरेको थियो । केही सार्वजनिक अपराधअन्तर्गत २५ दिनसम्म हिरासतमा राखेर धरौटीमा छोडेको थियो । तर, छोडिएको बहाना पारेको प्रहरीले उनीहरूलाई नियन्त्रणमुक्त नगरी इलाम पठाएको थियो ।

उनीहरूलाई इलाममा मुद्दा रहेको भन्दै इलाम पुर्‍याएको छ । प्रहरीले उक्त पार्टीका इलाम र ताप्लेजुङका कार्यकर्ताहरू पाँचथर ल्याएको छ ।