काठमाडौं–काठमाडौंमा कम्युनिष्ट पार्टीहरुको अन्तरार्राष्ट्रिय सम्मेलन सुरु भएको छ । कालमार्क्सको द्धिसतवार्षिकीको अवसर पारेर बुधबारबाट काठमाडौंमा ‘मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको हो ।


ADVERTISEMENT


सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार लोकतान्त्रिक मूल्य र मान्यता अनुसार अघि बढ्ने स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


उनले निर्वाचनको माध्यामबाट पनि कम्युनिष्ट पार्टीहरुले बलियो सरकार चलाउन सक्छन् भन्ने कुरा नेपालबाट विश्वका सबै कम्युनिष्ट पार्टीहरुले सिक्नसक्ने धारणा राखे ।

प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारको मुख्य लक्ष्य राजनीतिक स्थायित्व र जनताको चाहना अनुसारको विकास भएको पनि स्पष्ट पारे । उनले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि आफूहरुले सामाजिक न्यायमा आधारित अर्थतन्त्रमा जोड दिएको पनि बताए ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई सशक्त बनाउँदै समाजवाद निर्माण गर्ने दिशामा नेपालका कम्युनिष्ट पार्टीहरुले एकपछि अर्को सफलता हात पार्दै आएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनको माध्यमबाट पनि जनताको अपेक्षा अनुसार काम गर्न सकिन्छ भन्ने नयाँ दृष्टान्त पेश गरेको पनि स्पष्ट पारे ।

२ दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित ११ देशका कम्युनिष्ट, श्रमिक तथा समाजवादी पार्टीहरुको सहभागिता रहेको छ । मुलुकलाई समृद्ध बनाउने अभियानमा सो अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ ।