काठमाडौं–व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/७६ को बजेटबारे छलफल गर्न अहिले ११ बजे बैठक बस्न लागेको हो ।


ADVERTISEMENT


सरकारले ल्याएको बजेटबारे संसदमा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ । यही परम्परा अनुसार आजबाट संसद बैठक शुरु हुने र यो क्रम केही दिन चल्ने संसद् सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट संसदमा प्रस्तुत गरेका थिए । यसमाथि विभिन्न खाले टिका–टिप्पणी भइरहेका बेला प्रमुख प्रतीपक्ष दल कांग्रेसले असन्तुष्टि जनाएको छ । उसले बजेटलाई बोझ बोकाउने हावादारी कार्यक्रमको पुलिन्दा भनेको छ ।