राजविराज(रासस)–सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिता नदीमा चितुवाको आक्रमणबाट बुधबार एक महिला गम्भीर घाइते भएकी छन् ।


ADVERTISEMENT


स्थानीयबासी शिवकुमार सरदारकी ३० वर्षीया श्रीमती प्रेमवती सरदारले घर नजिकै जिता नदी छेउमा गाई गोरु चराउन गएको बेला एक्कासि आएको चितुवाले आक्रमण गर्दा उनी घाइते भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताएका छन् ।


ADVERTISEMENT

# # #


घाइते सरदारको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिएका छन् ।