काठमाडौं–संजय दत्तको बायोपिकमा बनेको फिल्म ‘संजू’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा संजयको जीवनसँग जोडिएको विभिन्न पाटोबारे जान्ने मौका पाइन्छ ।


ADVERTISEMENT


फिल्मको एक दृश्यमा संजय दत्तको भूमिका निभाइरहेका रणबीर कपुरलाई नग्न पनि देखाइएको छ । ट्रेलर लञ्चको मौकामा रणबीरलाई न्यूड दृश्य सूट गर्नेबेला कस्ता समस्या भएको थियो भन्ने प्रश्नमा रणबीरले जवाफ दिए, ‘म त पहिलो फिल्म देखि नै नग्न भएको थिएँ । मेरो रुमाल खसेको थियो ।’ रणबीरले भने, ‘म वास्तविक जीवन निकै लजालु व्यक्ति हुँ । तर जब क्यामरा अघि सूट गर्नथाल्छु तब मलाई कुनै पनि दृश्य दिन लाज लाग्दैन । यो मेरो काम हो ।’


ADVERTISEMENT

# # #


यो मौकामा उनले प्रश्नको जवाफ दिँदै भनिन्, ‘मैले अहिलेसम्म १३–१४ वटा फिल्ममा अभिनय गरेको छु, यसमा बुवाले सधैं भन्नुभयो कि केही कमी बाँकी छ । मेरो जीवनको उद्देश्य थियो कि बुवाले मेरो कामको तारिफ गरुन् ।’ तर यसपटक बुवाको कुरा सुनेर मलाई निकै खुसी लागेको छ ।

स्मरण रहोस्, रणबीरका बुवा ऋषि कपुरले संजुको टीजर देखेर छोराको अभिनयको तारिफ गरेका थिए ।

हेर्नुहोस ट्रेलर: