२,फाल्गुन । अपरिचित समुहले त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष सुधा त्रिपाठीको सवारी साधनमा आज बिहान आगजनी गरेको छ ।


ADVERTISEMENT


ललितपुरको युएन पार्क नजिक दुई जना युवाको समूहले बा २ च ५६३० नम्बरको सरकारी गाडीमा आगजनी गरेको जनाइएको छ । गाडीमा रहेकी त्रिपाठीलाई गाडी बाहिर ओरालेर उनीहरुले आगजनी गरेका हुन् । आगजनीबाट गाडीमा पुर्णरुपमा क्षति पुगेको ललितपुर प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक समेत रहेकी त्रिपाठीको गाडी आगजनीमा स्ववियु निर्वाचन प्रति असन्तुष्ट विद्यार्थी संगठनका कार्यकर्ताको संलग्नता रहेको हुनसक्ने प्रहरीको आशंका रहेको छ । स्ववियु निर्वाचन यही फागुन १४ गते हुँदैछ ।