काठमाडौं–नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले जीवन सफलताको पहिलो कडी शिक्षा भएको बताएका छन् । काठमाडौं विश्वविद्यालय व्याचुलर अफ बिजनेस इन्फरमेसन सिस्टम फ्याकेल्टिको सोसाइटी अफ विजनेस इन्फरमेसन स्टुडेन्ट क्लवले आयोजना गरेको कार्यक्रममा बोल्दै महरले उक्त कुरा बताएका हुन् ।


ADVERTISEMENT


जीवन र सफलताका बारेमा बोल्दै महरले जीवन सफल बनाउन शिक्षाको सबै भन्दा ठुलो भूमिका हुने बताए । ‘मान्छेसँग अरु कुनै कुरा नभइ शिक्षा मात्र भयो भने उ असल र समृद्ध बन्न सक्छ’, महरले भने, व्यक्ति मात्र होइन । शिक्षित जनशक्ति भएको देशले नै मुहार फेर्छ ।’


ADVERTISEMENT

# # #


शिक्षा भनेको चेतना हो, चेतनाले आफै बिकास र समृद्धिको मार्ग कोर्छ महरले भने । उनले सम्पूर्ण विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा पढाइलाई राखेर तनमनका साथ पढ्न पनि आग्रह गरे । कार्यक्रममा पत्रकार युवराज घिमिरे, व्यवसायी होमराज घिमिरे लगायत जीवन र सफलताका वारेमा आफ्नो धारणा राखेका थिए ।