चितवन– स्थानीय तहको पहिलो चरणको चुनाव प्रचारको अन्तिम दिन गृहिजल्ला चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुरमा एउटै मञ्चमा उभिएर संयुक्त गठबन्धनलाई भोट मागेका छन् ।


ADVERTISEMENT


भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन् । कांग्रेसले मेयरमा माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको छ भने उपमेयरमा माओवादीले कांग्रेसकी पार्वती शाहलाई समर्थन गरेको छ ।


ADVERTISEMENT

# # #


चुनाव प्रचारको अन्तिम दिन भरतपुरमा कांग्रेस र माओवादीका शीर्ष नेताहरु एउटै सभामा उपस्थित भए । काठमाडौंबाट एउटै विमान चढेर गएका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले आफ्नो गठबन्धनलाई भोट मागे । माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले देउवा र आफू एकसाथ आएर सम्बोधन गरेपछि भरतपुरमा यो गठबन्धनलाई अब झिनो मतले जित्ने छुट नभएको बताए ।

रेणु दाहाल आफ्नो छोरी मात्र नभएको भन्दै उनले भने, ‘रेणु दाहाल प्रचण्ड पुत्री भनेको मलाई मिठो लागेको छैन । रेणु दाहाल प्रचण्ड पुत्री भएको कारण मात्र उम्मेदवार भएको होइन । उसको आफ्नो योगदान र त्याग छ । प्रचण्ड पुत्री मात्र भनेर रेणुलाई ब्याख्या गरियो भने अन्याय हुन्छ ।’