काठमाडौं – ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा अदालतमा आत्मसमर्पण गरेका छिरीङ वाङ्गेल घलेले आफू कुनै पनि सुनको कारोबारमा संलग्न नभएको बयान दिएका छन् ।


ADVERTISEMENT


आइतबार जिल्ला अदालत मोरङमा उपस्थित भएका घलेले आफू सुनको कारोबार गर्ने व्यक्ति नभएको बताउँदै फसाउनका लागि प्रपन्च रचिएको हुन सक्ने जनाएका छन् ।


ADVERTISEMENT

# # #


तर यसअघि बयान दिनेहरुमध्ये धेरैजसोले छिरीङ नै प्रमुख व्यक्ति भएको बताएका थिए ।

अदालतमा दिएको बयानमा उनले भनेका छन्– “गोरे भन्ने चुडामणि उप्रेतीले आफु तथा आफ्ना समूहका मानिसहरुलाई बचाउन त्यस्तो लेखाएको हुनुपर्छ । मेरो नाम छिरीङ वाङ्गेल गुरुङ हो । रजिष्टरमा उल्लेखित मानिस अर्कै छिरीङ पनि हुन सक्छ । म होइन । म सुनको कारोबार नगर्ने मानिस भएको हुँदा मैले सुनको विषयमा कसैसँग सेटिङ मिलाउने वा कसैको घर भाडामा खोजेको कुरा नै आउँदैन ।”